जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाभाइरसको महामारीबाट नराम्रोसँग प्रताडित मेक्सिकोमा यही डिसेम्बर महिनाको अन्त्यदेखि व्यापक खोप अभियान शुरु हुँदैछ ।
मेक्सिको सरकारले पहिलो चरणमा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप दिने बताएको छ ।
उपस्वास्थ्य मन्त्री ह्युगो लोपेज–गाटेलका अनुसार पहिलो चरणको खोप अभियान यही डिसेम्बर महिनाको तेस्रो साताबाट शुरु हुने र त्यो फेब्रुअरी २०२१ सम्म चल्नेछ । राजधानी मेक्सिको सिटी र उत्तरी कोहाउइला राज्यलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो ।
मेक्सिको सिटीमा आयोजित पत्रकार सम्मेलनमा उनले चिकित्सक र नर्सका साथै वृद्धवृद्धा समेतका अति जोखिममा परेका नागरिकलाई पहिलो प्राथमिकताका साथ खोप दिइने उहाँको भनाइ छ ।
मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्डका अनुसार यसै महिना करिब २ लाख ५० हजार डोज खोप मेक्सिको आइपुग्ने जानकारी दिएका छन् ।
मेक्सिकोमा सोमबारसम्म ११ लाख ८२ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र हालसम्म १ लाख १० हजार व्यक्तिको मृत्यु भइसकेको छ ।
राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले मेक्सिकोका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क वितरण गरिने घोषणा गर्नु भएको छ । उनले सन् २०२१ को अन्त्यसम्ममा सबै नागरिकलाई खोप दिइसक्ने योजना अघि सारेका छन् ।
सरकारले यसअघि नै फाइजर–बायोएनटेक कम्पनीसँग ३ करोड ४४ लाख डोज खोपका लागि सम्झौता गरिसकेको छ जसमध्ये २ लाख ५० हजार डोज डिसेम्बर १७ भित्रमा मेक्सिको आइपुग्ने अपेक्षा गरिएको छ ।
मेक्सिकोको सेना र प्रहरीले खोप वितरणको जिम्मेवारी पाएको छ ।
मेक्सिकोको औषधि व्यवस्था विभागले आगामी डिसेम्बर ११ भित्रमा फाइजरको खोपलाई स्वीकृत गरिसक्ने ह्युगो लोपेज–गाटेलले बताउनु भएको छ ।
बेलायतले फाइजर–बायोएनटेकको खोपलाई स्वीकृत गरी आम सर्वसाधारणलाई खोप दिन थालिसकेको छ ।
राष्ट्रपति ओब्राडोरले अन्य मुलुकको भ्याक्सिन पनि मेक्सिकोले खरिद गर्ने योजना बनाएको जानकारी दिएका छन् । मेक्सिकोले यसै साता चीनको करिब ३ करोड ५० लाख क्यानसिनो खोप ल्याउने गरी सम्झौता गरेको छ ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
