
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वभर एकैदिन ६ लाख बढी कोरेना संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना संक्रमित हुनेको संख्या ६ करोड ९२ लाख ४० हजार १९६ पुगेको वल्डोमिटरले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार विश्वभर एकैदिन १२ हजार बढी कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
बिहीबार मध्यान्न १२ः३० बजेसम्ममा विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १५ लाख ७५ हजार ८१९ पुगेको छ ।
हालसम्म ४ करोड ७९ लाख ४६ हजार ४५४ जना संक्रमणमुक्त भएका छन्। विश्वभर हाल १ करोड ९६ लाख ७९ हजार १०८ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये १ लाख ६ हजार ८७६ जनाको स्वास्थ्यवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।
सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ५८ लाख २० हजार ४२ पुगेको छ । अहिलेसम्म २ लाख ९६ हजार ६९८ले ज्यान गुमाएका छन्।
दास्रो धेरै प्रभावित देश भारतमा कोराना संक्रमितको कुल संख्या ९७ लाख ६७ हजार ३७१ पुगेको छ । अहिलेसम्म भारतमा १ लाख ४१ हजार ७७२ जनाले ज्यान गुमाइसकेका छन ।
’
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३

