
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोरोना भाइरस विरुद्धको भ्याक्सिन आयातदेखि प्रयोगसम्मको कार्यादेश सहित द्रुत कार्ययोजना बनाएको छ । त्यसका लागि विषयगत समितिले कामको अख्तियारी दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यदललाई कार्यक्षेत्र र समयावधी तोकि काम गर्न निर्देशन दिएको छ ।
जसअन्तर्गत् खोप सचिवालय समिति गठन भएको छ । कार्यदलमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, विभाग अन्तर्गत् परीवार कल्याण शाखाका निर्देशक डा. भीमसिंह तिंकरी, खोप शाखा प्रमुख डा. झलक शर्मा गौतम र विश्व बैंकका प्रतिनिधि रहेका छन् ।
यस्तै, खोपको प्राविधिक कार्यपत्रलाई पूर्णता दिन डा. श्यामराज उप्रेती, डा. बालकृष्ण सुवेदी, प्रा. डा. भगवान कोइराला, डा. सुरेश तिवारी, बाबुराम हुमागाईँ र एनएचएसएसपीका प्रतिनिधि सहितको कार्यदल गठन गरिएको छ ।
यस्तै, पुर्वाधार तयारीका लागि कार्यदल गठन गरीएको छ । जसमा चुडामणी भण्डारी, पानबहादुर क्षेत्री, बडेबाबु थापा, युनिसेफ तथा विश्व बैँकका प्र्रतिनिधिहरु रहेका छन् । सो कार्यदललाई तीन हप्तासम्मको समयावधि दिइएको छ ।
सेवाग्राहीका व्याख्या सहितको प्राथमिकिकरण ( संस्थाको हकमा विधुतिय प्रणालीबाट तथा अन्य व्यक्तिको हकमा पालिका मार्फत गर्ने) गर्न तीन हप्ता कार्यावधी तोकिएको छ । कार्यदलमा डा.तारा पोखरेल, डा. गुणनिधी शर्मा, डा. झलक गौतम, डब्लुएचओ र युनिसेफका प्रतिनिधि रहनुभएको छ ।
डिप्लोयमेन्ट प्लान्ट (जनशक्ति तालिम, निर्देशिका) का लागि तीन हप्ताको कार्यअवधी तोकिएको छ । यस कार्यदलमा डा. भीमसिंह तिंकरी, दिनेश चापागाईँ, डा. बालकृष्ण सुवेदी, सुशील बराल, डब्लुएचओ र युनिसेफका प्रतिनिधि रहेका छन् ।
खोप कोषको प्रस्ताव आह्वान र सञ्चालनका लागि दुई हप्ताको कार्यअवधी तोकिएको छ । जसमा डा. गुणराज लोहनी, डा. जागेश्वर गौतम, डा. देवेन्द्र ज्ञवाली, यशोदा अर्याल, डा. झलक शर्मा गौतम, डब्लुएचओ र विश्व बैँकका प्रतिनिधि रहेका छन् ।
सार्वजनिक सुचना प्रवाह निर्देशिका साझेदारीहरुसँग संवादका लागि तीन हप्ताको समयावधी तोकिएको छ । जसमा डा. गुणराज लोहनी, डा. राधिका थपलिया, डा. गुणनिधि शर्मा, डा. सुशील बराल, डा. सुशील लेखक र युनिसेफका प्रतिनिधि रहेका छन ।
अनुगमन नियमन अनुसन्धान तथा क्लिनिकल व्यवस्थापनका लागि तीन हप्ताको समयावधी तोकिएको छ । जसमा डा. विकास देवकोटा, नारायण ढकाल, डा. प्रदीप ज्ञवाली, डा. पोमावती थापा, डा. राहुल प्रधान र डब्लुएचओका प्रतिनिधि रहेका छन् ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
