
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकी विज्ञहरुले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरेका छन् । विज्ञहरुले सिफरिस गरेपछि अमेरिकामा कोभिड–१९ को खोप लगाउने बाटो खुलेको हो ।
अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले आयोजना गरेको विज्ञहरुको बैठकमा १७ जनाले फाइजरको खोपको पक्षमा मतदान गरेका थिए भने चार जनाले विपक्षमा र एक जना अनुपस्थित रहेका थिए ।
क्यानडा, बहराइन र साउदी अरेबियाले पनि फाइजर–बायोएनटेकको खोपलाई स्वीकृत गरिसकेका छन् । युरोपेली युनियनका मुलुकहरुले पनि फाइजर समेतका कम्पनीका खोपलाई स्वीकृत गर्ने बारेमा छलफल गरिरहेका छन् ।
न्यू इङ्ल्यान्ड मेडिसिन जर्नलले फाइजरको खोप लगाएका करिब ४४ हजार व्यक्तिमाथि गरिएको क्लिनिकल परीक्षणको पूर्ण विवरण प्रकाशन गरेको छ जसले फाइजरको खोप ९५ प्रतिशत सुरक्षित रहेको र खोप लगाउने व्यक्तिमा कुनै गम्भीर शारीरिक असर नदेखिएको जनाएको छ ।
जर्नलको सम्पादकीयमा फाइजरको खोपको नतिजा कोभिड–१९ विरुद्ध ठूलो विजय हो भनिएको छ ।
कोरोनाभाइरस महामारीबाट विश्वभर १५ लाख ७० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । अमेरिकाले यसै डिसेम्बर महिनाभित्र २ करोड मानिसलाई खोप लगाउने योजना अघि बढाएको छ जसमा केएर होममा रहेका व्यक्ति र स्वास्थ्यकर्मीहरु पहिलो प्राथमिकतामा छन् ।
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३

