
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकामा आजबाट कोभिड-१९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । त्यहाँको खाद्य तथा औषधि विभागले अनुमति दिएसगै कोभिड विरुद्धको खोपको पहिलो अभियान शुरु गरिएको हो ।
अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप लगाउन सुरु गरिएको जनाइएको छ । अधिकारीहरुले पहिलो चरणमा खोपको तीस लाख डोज लगाइने बताएका छन् ।
यसका लागि देशका विभिन्न सय स्थानमा रहेका खोप केन्द्रहरुमा खोप पुर्याइसकिएको जनाइएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।
फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज तयार पार्ने योजना बनाएको छ । तर उसको खोप पूर्ण हुन दुईवटा डोज आवश्यक पर्ने हुँदा त्यो ३३ करोड जनसंख्या भएको अमेरिकाका झण्डै ३० लाख जनाका लागि मात्र पुग्नेछ ।
अमेरिकाले पहिलो चरणमा देशका २ करोड १० लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई खोप लगाउने बताएको छ ।
कोभिड-१९ को संक्रमण शुरु भएको एक बर्ष पुग्दा विभिन्न मुलुकहरुमा भाइरस विरुद्धको खोप निर्माण र लगाउन शुरु भएको छ । गत हप्ता मात्रै बेलायतमा पनि खोप लगाउन शुरु गरिएको थियो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

