
जनस्वास्थ्य सरोकार, काठमाडौँ । जनस्वास्थ्य सरोकार, काठमाडौँ । नुवाकोटकस्थित जिल्ला त्रिशूली अस्पतालले कोरोना संक्रमित महिलालाई प्रसूति सेवा प्रदान गरेको छ । तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया संक्रमित महिलाले आइतबार नवजात शिशुलाई जन्म दिएकी हुन् ।
व्यक्तिगत सुरक्षा कवच सहितको साबधानी अपनाएर प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा सुनिता केसी र नर्स सुमित्रा न्यौपानेले ती महिलालाई प्रसूति सेवा उपलब्ध गराएका थिए । ती सङ्क्रमित महिलाको लागि अलग ‘विशेष आइसोलेशन’ कक्ष तयार गरेर सुत्केरी सेवा उपलब्ध गराइएको थियो ।
कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा क्लिनिक सेवा भए पनि सङ्क्रमितको स्वास्थ्यमा समस्या देखिए काठमाडौँमा पठाइने गरिएको थियो ।
कोरोना सङ्क्रमित भएका गर्भवतीको नियमित जाँच तथा परीक्षणको सेवा उपलब्ध गराउँदै आए पनि गर्भवतीमा सङ्क्रमण देखिएको सेवाग्राहीलाई सुत्केरी सेवा दिएको यो पहिलो पटक भएको स्त्री रोग विशेषज्ञ डा. सुनिता केसी बताउनुभयो ।
उहाँले भन्नुभयो-'अस्पतालमा हाल उपचारको लागि अलग आइसोलेशन नभए पनि विशेष आइसोलेशन तयार गरेर सामान्य अवस्थामा नै उहाँ सङ्क्रमित महिलालाई सुत्केरी गराएका हौ ।'
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३

