
जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो केहिदिनयता कोरोना भाइरस संक्रमणमुक्त हुने दर बढ्दो क्रममा रहेको पाइएको छ । संक्रमितको तुलनामा संक्रमणमुक्त हुने व्यक्तिको संख्या बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस व्रिफीङमा संक्रमणमुक्त हुने दर बढ्दो क्रममा रहेको देखिएको छ ।
पछिल्लो एक हप्तालाई आधार मान्दा सात हजार चार सय ४२ संक्रमित थपिएकोमा नौ हजार दुइ सय २६ जना संक्रमणमुक्त भएका छन् । जसमा ४६ हजार पाँच सय २२ जनाको कोरोना परीक्षण गरीएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत सोमबार एक हजार १४ जना संक्रमित थपिएकोमा एक हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् ।
मंगलबार एक हजार तीन सय ८२ संक्रमित मध्ये एक हजार ६ सय २१ जना संक्रमणमुक्त, बुधबार एक हजार ५६ संक्रमित थपिएका मध्ये एक हजार चार सय ८३ जना संक्रमणमुक्त भएका छन् । यस्तै, विहीवार एक हजार दुई सय १७ जना संक्रमित मध्ये एक हजार ६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रवार एक हजार ४४ संक्रमित थपिएकोमा एक हजार दुइ सय ७१ जना संक्रमणमुक्त भएका छन् । शनीवार आठ सय ९९ संक्रमित थपिएकोमा एक हजार तीन सय ५९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । हिजो आइतवार आठ सय ३० जना संक्रमित थपिएका छन् भने एक हजार पाँच सय जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म देशभर दुई लाख ४८ हजार चार सय १३ संक्रमित मध्ये दुई लाख ३५ हजार सात सय ३१ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमणमुक्त हुने दर ९४ दशमलब ६० रहेको छ । नेपालमा हालसम्म कुल संक्रमित मध्ये १० हजार नौ सय ९४ जना सकृय संक्रमित रहेका छन् ।
यस्तै, आइतवार थप नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ६ सय ९८ पुगेको छ । पछिल्लो एक हप्तालाई आधार मान्दा दैनिक ६ हजार ६ सय ४६ जनाको कोरोना परीक्षण गर्दा एक हजार ६३ जनामा संक्रमण देखिने गरेको छ ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
