
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो केहि साता यता कोरोनाभाइरस परीक्षण निकै कम मात्रामा भएको छ । मंगलबार देशभर ७ हजार ११७ जनाको परीक्षण गर्दा ९३६ संक्रमण पुष्टी भएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पीसीआर परीक्षण भएको छ । आज थप १९९६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९५.३६ प्रतिशत रहेको छ ।
नेपालमा वितेको २४ घण्टामा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७३० पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ८४१ रहेको छ । हाल देशभर ४५७ जना क्वारेन्टीनमा रहेका छन ।
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३

