
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम अझै टरेको छैन । तर, अहिले अधिकांश नागरिकहरुले हेलचेक्रयाई गर्दै ‘कोरोना केहिपनि होइन’ भनेझै आफ्ना गतिविधिलाई अघि बढाउन थालेका छन् । र, चिकित्सकहरुले कोरोना जोखिम कायम रहेको भन्दै लापरबाही गरे महामारीको दोस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् ।
अहिले दैनिकजसो आन्दोलन, सभा, गोष्ठि, प्रदर्शन, जमघट बाक्लिन थालेको छ । संक्रमण जोखिमका बिचपनि राजनितिक दलहरुनै प्रदर्शन कार्यक्रमलाई अगुवाई गर्ने गरेका छन् ।
अहिले अधिकांश नागरिकहरुले कोरोनालाई ख्याल ठट्टा मान्दै आएका छन् ।जोखिम कायम हुँदाहुँदै अहिले सवारी साधनमा यात्रुको चाँप बढ्दो छ । विभिन्न राजनितिक दल, पेशागत समुहहरुले दैनिक भौतिक उपस्थिती सहितको कार्यक्रम गर्न थालेका छन् । यस्तै, भौतिक उपस्थिती सहित जिल्ला जिल्लामा विद्यालयहरु समेत सञ्चालनमा आउन थालेका छन् ।
जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले हेलचेक्रयाई गर्दै गए कोरोना महामारीको दोस्रो लहर आउन सक्ने भन्दै सावधानी अपनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘ अझैपनि कोरोना जोखिम अझै कायम छ । यो बेला जमघट गर्नुहुँदैन । भिडभाडले महामारीको दोस्रो लहर आउने सम्भावना रहन्छ ।’ उहाँले स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यका मापदण्डलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
सरकारले कोरोना जोखिमलाई मध्येनजर गर्दै जनस्वास्थ्य मापदण्ड २०७७ जारी गरेको थियो । तर, सो मापदण्ड कार्यान्वयनमा आउन सकेको छैन । मापदण्डमा सबै किसिमका जमघट र भेलामा कम्तीमा दुई मिटरको दुरी कायम गर्ने उल्लेख छ ।
यस्तै, अनावश्यक वस्तु वा सतहहरू नछुने, नाक, मुख र आँखा अनावश्यक रूपमा नछुने, सार्वजनिक स्थलमा जथाभावी नथुक्ने, सम्भव भएसम्म पैसाको कारोवार गर्दा विद्युतीय कारोबार गर्नुपर्ने व्यवस्था जनस्वास्थ्य मापदण्ड २०७७ मा गरिएको छ । तर, कार्यानवयनमा आउन सकेको छैन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जोखिम कायम नै रहेकाले जनस्वास्थ्यका न्यूनतम मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘कोरोना संक्रमणबाट जोगिन भौतिक दुरी कायम गरौं । मास्कको समुचित प्रयोग गरौं । ’
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
