
जनस्वास्थ्य सरोकार, काठमाडौं । सार्क देशहरुमा कोरोना भाइरस संक्रमणमुक्त हुने मुलुकमा नेपाल अग्रस्थानमा रहेको छ । कोरोनाको रेकर्ड राख्दै आएको वल्र्डमिटरका अनुसार संक्रमणमुक्त हुने दरमा नेपाल पहिलो नम्वरमा रहेको छ ।
नेपालमा संक्रमितको संख्या घट्दै गएको र संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको देखिएको छ । नेपालमा हालसम्म कुल संक्रमित मध्ये ९५ दशमलव ३६ प्रतिशत नागरिक संक्रमणमुक्त भएका छन् । हालसम्म दुइ लाख ५० हजार एक सय ८० जना संक्रमित भएकोमा दुइ लाख ३८ हजार पाँच सय ६९ जना संक्रमणमुक्त भएका छन् ।
संक्रमणमुक्तका दृष्टिकोणले माल्दिभ्स दोस्रो नम्वरमा रहेको छ । माल्दिभ्समा ९५ दशमलव ३० प्रतिशत संक्रमणमुक्त भएका छन् । माल्दिभ्समा कुल संक्रमित १३ हजार तीन सय ८९ जना मध्ये १२ हजार सात सय ६० जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, कुल संक्रमित मध्ये भारतमा ९५ दशमलव २०, भुटानमा ९२ दशमलव ९३ प्रतिशत संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म ९९ लाख ३२ हजार नौ सय आठ जनामा संक्रमण देखिएको छ । जसमध्ये ९४ लाख ५६ हजार चार सय ४९ जना संक्रमणमुक्त भएका छन् । यस्तै भुटानमा चार सय ३९ संक्रमित मध्ये चार सय आठ जना संक्रमणमुक्त भएको देखिएको छ ।
पाकिस्तानमा कुल संक्रमित मध्ये ८७ दशमलव १३, बंगलादेशमा ८६ दशमलव ३४ प्रतिशत संक्रमणमुक्त भएको वल्र्डमिटरमा उल्लेख छ ।
पाकिस्तानमा चार लाख ४५ हजार नौ सय ७७ जना संक्रमित मध्ये तीन लाख ८८ हजार पाँच सय ९८ जना संक्रमणमुक्त भएका छन् । बंगलादेशमा कुल संक्रमित चार लाख ९४ हजार दुइ सय नौ जना मध्ये चार लाख २६ हजार सात सय २९ जना संक्रमणमुक्त भएको वल्र्डमिटरले देखाएको छ ।
हालसम्म अफगानस्तानमा ७७ दशमलव ४६ प्रतिशत र श्रीलंकामा ७२ दशमलव ८७ प्रतिशत संक्रमणमुक्त भएको देखिएको छ । अफगानस्तानमा ४९ हजार सात सय तीन जनामा कोरोना देखिएको छ । जसमध्ये ३८ हजार पाँच सय जना संक्रमणमुक्त भएका छन् ।
श्रीलंकामा ३४ हजार एक सय २१ संक्रमित मध्ये २४ हजार आठ सय ६७ जना संक्रमणमुक्त भएका छन्
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
