जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस संक्रमण जोखिमलाई मध्ये नजर गर्दै नेपाल प्रवेश गर्ने नाकाहरुमा स्थापना हुन थालेका हेल्थ डेस्कहरुमा कर्मचारी खटाइएको छ । स्वास्थ्य सेवा विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित नेपाल प्रवेश गर्ने मुख्य १३ नाकामा ४८ जना स्वास्थ्यकर्मीलाई खटाउने भएको हो । ती नाकामा १५ पुसदेखि हेल्थ डेस्क सञ्चालनमा आउनेछन् ।
विभागले स्वास्थ्यकर्मीलाई ९ पुस भित्रै सम्पर्कमा आउन भनेको छ । सूचीमा परेका स्वास्थ्यकर्मीहरु संघ तथा स्थानीय तहमा फाजिल, पुल र केही दरबन्दीमा रहेर काम गर्नेहरु छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीपछि नेपाल प्रवेश गर्ने मुख्य नाकाहरुमा हेल्थ डेस्क सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, झापाको काकरभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगंज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी र कञ्चनपुरको गड्डाचौकीमा हेल्थ डेस्कमा स्वास्थ्यकर्मी खटाउने तयारी छ ।
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३

