जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनको हुबे प्रान्तको वुहान शहरमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ७९ हजार ११४ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।
कोरोना भाइरसको कारण विश्वमा सब भन्दा बढी प्रभावित राष्ट्रको रुपमा अमेरिका रहेको छ । अमेरिकामा गत जनवरीबाट शुरु भएको यस कोरोना भाइरसको कारण ३ लाख १४ हजार ३०५ व्यक्तिको मृत्यु भईसकेको छ । अमेरिकापछि ब्राजिलमा १ लाख ८५ हजार ६५० जनाको मृत्यु भएको छ । त्यसैगरी भारतमा १ लाख ४५ हजार १३६ जनाको मृत्यु भएको छ । मेक्सिकोमा कोरोनाबाट १ लाख १७ हजार २४९ व्यक्तिको मृत्यु भएको छ । इटालीका कोरोना भाइरसबाट ६८ हजार ४४७ जनाको मृत्यु भएको छ ।
गत सात दिनभित्र कोरोना भाइरसको कारण अमेरिकामा १८ हजार ३४५ जनाको मृत्यु भएको छ । ब्राजिलमा ५ हजार २१३ जनाको मृत्यु भएको छ । इटालीमा ४ हजार ५०७ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ४ हजार २३० जनाको मृत्यु भएको छ भने जर्मनीमा ३ हजार ९६८ जनाको मृत्यु भएको एएफपी समाचार समितिले जानकारी दिएको छ ।
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३

