जनस्वास्थ्य सरोकार, काठमाडौँ । डोटीको दिपायल सिलगढी नगरपालिका–१ तिखा स्वास्थ्य चौकी, आदर्श गाउँपालिका–५ लामिखाल स्वास्थ्यचौकी, र सायल गाउँपालिका–१ छपाली स्वास्थ्य चौकी गरी तीन स्थानमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ८४ जनाको स्वास्थ्य उपचार गरिएको छ ।
कोरोनाका कारण जिल्ला अस्पतालमा आएर सेवा लिन नसकेका बिरामी महिलाको समस्यालाई मध्यनजर गर्दै उक्त शिविर सञ्चालन गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय डोटीले सञ्चालन गरेको उक्त शिविरमा ९४ जनाको भिडियो एक्सरे, ५८ जनाको पाठेघरको चेकजाँच गरिएको जनाइएको छ ।
जिल्लामा महिलाहरु बिभिन्न रोगका कारण समस्यामा पर्न थालेका र उपचारका लागि अस्पतालमा आउन नसक्ने भएका कारण जिल्ला स्वास्थ्य कार्यालयले पछिल्लो केही हप्ता यतादेखि यहाँका बिभिन्न स्थानीय तहका गाउँ गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरीरहेको जिल्ला स्वास्थ्य प्रमुख रमेश मलासीले बतानुभयो ।
उहाँले भन्नुभयो -'ग्रामिण क्षेत्रका महिला बिभिन्न रोगले ग्रसित रहेका छन्, अस्पतालमा आउन नसकेर रोग लुकाएर बस्नु बाध्य भएका महिलाको समस्या लाई मध्य नजर गरी हामीले निःशुल्क स्वास्थ्य सिबिर सञ्चालन गरेका छौँ, सबैले समयमै औषधी उपचार पाउने छन् ।'
जिल्ला स्वास्थ्यले सञ्चालन गरेको शिविरमा उपचार गर्न आउने अधिकाँस महिला बिरामीमा प्राय कम उमेरमै विवाह गर्ने, धेरै बच्चा जन्माउने, खानपिनमा ध्यान नदिने, सरसफाइमा ध्यान नदिने, धेरै भारी बोक्ने जस्ता कार्यले गर्दा चेकजाँचमा आएका बिरामीहरु मध्ये ग्यास्ट्रीकको समस्या, महिलाहरूको पाठेघर खस्ने समस्या, यौनीबाट सेतोपानी बग्ने समस्या, ढाड दुख्ने, पाठेघरमा मासु पलाएको आदि समस्या देखिने गरेको जिल्ला अस्पताल डोटीका एमडीजिपि डा.प्रमोद भट्टले जानकारी दिनुभयो ।
शिविर जिल्लाका नौ वटै स्थानीय तहमा सञ्चालन गरिने भएको छ ।
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३

