
जनस्वास्थ्य सरोकार, काठमाडौँ । होम आइसोलेसन भन्नेवित्तिकै घरमा सुरक्षित तरिकाले सतर्क भएर बस्नु हो अर्थात् संक्रमित व्यक्ति छुट्टै बस्नु भन्ने बुझिन्छ । संगसंगै बस्दा अन्य व्यक्तिलाई सर्ने सम्भावना हुने भएकाले छुट्टै बस्दा राम्रो मानिन्छ । संक्रमित व्यक्ति सतर्क भए अन्य व्यक्तिहरुमा संक्रमण हुँदैन । होम आइसोलेसनमा बस्दा संक्रमितहरुले विशेष ख्याल गर्नुपर्छ । यस्तै, परिवारका सदस्यहरू पनि सतर्क हुन आवश्यक छ । संक्रमित व्यक्तिलाई छुट्टै कोठामा राख्नुपर्ने हुन्छ । हावा ओहोरदोहोर हुने सफा कोठामा बस्नुपर्छ । संक्रमित व्यक्तिले चलाएका सामान अन्य कुनै अर्को व्यक्तिले नछुँदा राम्रो मानिन्छ ।
संक्रमितले सकभर छुट्टै शौचालय प्रयोग गर्नुपर्छ । त्यसो नभएको अवस्थामा शौचालयको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन ताजा र झोलिलो पदार्थ पिउँदा राम्रो हुन्छ । केही व्यक्तिले एक्लै बसेर धेरै कुरा सोच्दा डिप्रेसनसमेत भएको विषय बाहिर आइरहेका छन् । सकेसम्म आइसोलेसनमा बसेको बेला इन्टरनेट हुनु राम्रो हुन्छ । यसका अलावा टिभी भएको ठाउँ हुनुपर्छ । यी कुरा भएको अवस्थामा समय बिताउन सजिलो हुन्छ । संक्रमित व्यक्तिलाई घरका परिवारले हौसला प्रदान गर्नुपर्छ । आइसोलेसनमा बसेको बेला परिवारले जतिसक्यो धेरै ‘मोटिभेसन’ प्रदान गर्नुपर्छ ।
संक्रमित व्यक्ति होम आइसोलेसनमा बसेको बेला स्वास्थ्यकर्मीहरू नजिक नहुन सक्छन् । यदि संक्रमित भएको व्यक्तिलाई सास फेर्न गाह्रो भयो, घाँटी दुख्नेलगायतका समस्या देखियो भने सम्बन्धित निकाय (स्वास्थ्य संस्था) को नम्बर तयारी अवस्थामा राख्नुपर्छ ।
कोरोनाबारे नकारात्मक कुरा सुन्न भएन । उपचारबाट निको भएकाहरू पनि छन् । उनीहरूका कुराहरू पनि सुन्न सकिन्छ ।
होम आइसोलेसमा बसेको भन्नुको मतलव परीक्षणबाट कोरोना पुष्टि भएको भन्ने बुझ्न जरुरी छ । होम आइसोलेसनमा बसेका व्यक्तिहरू कोही कोहीमा एक्लोपन महसुस भएको पनि देखियो । परिवारले संक्रमण पुष्टि भएका आफ्ना सदस्यलाई जति सक्यो हौसला, प्रेरणा र ऊर्जा प्रदान गर्नुपर्छ । होम आइसोलेसनमा बसेकाहरुले विशेष ख्याल गर्नैपर्छ ।
(सरुवा रोग विशेषज्ञ डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा कार्यरत हुनुहुन्छ ।)
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
