
जनस्वास्थ्य सरोकार, काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या घटेको देखिएपनि मृत्युदर बढेको छ । हाल देशभर कोरोना संक्रमणबाट कुल संक्रमित मध्ये ० दशमलब ७० प्रतिशको मृत्यु भएको छ । अहिलेसम्म दुइ लाख ५४ हजार पाँच सय १४ जना संक्रमित मध्ये एक हजार सात सय ९५ जनाको मृत्यु भएको छ ।
संक्रमण पुष्टि भएका मध्ये हरेक दिन एघार जनाको मृत्यु हुने गरेको छ । पछिल्लो सात दिनको अवधिमा ७९ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मंगलबार १४, बुधबार १३, विहिवार ६, शुक्रवार १६, शनिवार १२, आइतवार ११ र हिजो सोमवार ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार सात सय ९५ पुगेको छ ।
प्रत्येक सात जनाको कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण देखिने गरेको छ । पछिल्लो एक हप्तामा ४० हजार सात सय ७१ जनाको कोरोना परीक्षण गर्दा पाँच हजार दुइ सय ७० जनामा संक्रमण देखिएको छ । यस्तै, कोरोना भाइरस परीक्षण दर क्रमिक रुपमा घट्दै गएको छ । पछिल्लो एक हप्तालाई आधार मान्दा दैनिक पाँच हजार आठ सय २४ जनाको कोरोना परीक्षण हुने गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६ हजार तीन सय ५१ जनाको कोरोना परीक्षण गरीएको छ । कोरोना परीक्षण घटेसंगै संक्रमितको संख्या पनि कम देखिदैं आएको छ ।
पछिल्लो सात दिनको अवधिमा ४० हजार सात सय ७१ जनाको कोरोना परीक्षण गरीएको छ । जसमा गत मंगलबार सात हजार एक सय १७, बुधबार पाँच हजार पाँच सय ५५, विहिवार ६ हजार पाँच सय ८८, शुक्रवार पाँच हजार सात सय ६, शनिवार चार हजार सात सय ८०, आइतवार चार हजार ६ सय २० जना, सोमबार ६ हजार तीन सय ५१ जनाको कोरोना परीक्षण गरीएको थियो । हालसम्म पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ७७ हजार एक सय ८१ पुगेको छ ।
सोमबार देशभर सात हजार नौ सय ७६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो । देशभर सोमबार सात सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या दुइ लाख ५४ हजार पाँच सय १४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ४ सय २१ जना क्वारेन्टाइनमा छन् । सोमबार एक हजार ७९ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या दुइ लाख ४४ हजार सात सय ४३ पुगेको छ ।
देशभर हाल तीन सय ३६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । जसमध्ये दुइ सय ७९ जना आइसियु र ५७ जना भेन्टिलेटरमा रहेका छन् ।
प्रदेश एकमा २० आइसियु र चार भेन्टिलेटरमा, प्रदेश दुइमा सात आइसियु र चार भेन्टिलेटरमा, बागमती प्रदेशमा एक सय १२ आइसियु र ३२ भेन्टिलेटरमा, गण्डकीमा ८१ आइसियु र १० भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५० आइसियु र चार जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
कर्णाली प्रदेशमा पाँच जना आइसियु र तीन जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा चार जना आइसियुमा उपचाररत रहेका छन् ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
