जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २४४ सहित देशभर थप ६ सय १३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १९९ ललितपुरमा २७ र भक्तपुरमा १८ जना गरी थप २४४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार ५ सय १० जनाको पीसीआर विधिबाट गरिएको नमुना परीक्षण गरिएको थियो ।
त्यसैगरी नेपालमा अहिलेसम्म १८ लाख ९६ हजार २५० पीसीआर नमुना परीक्षण भएको छ ।
आज थप ७ सय ३९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ ।
हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३८४ रहेको छ ।
पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ८०८ पुगेको छ ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
