
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोनाभाइरस महामारीको डर यथावत् रहेकै बेला संसद् विघटन भएपछि राजनीतिक गतिविधि तीव्र भएको छ।
जनस्वास्थ्यविद्ले नेपालमा पनि कोरोनाभाइरसको नयाँ प्रकार फैलिन सक्ने खतरा पनि औँल्याएका बेला राजनीतिक दलका कार्यक्रमबारे धेरैले चासो व्यक्त गरेका छन्।
गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढा भन्नुहुन्छ- 'कोरोनाभाइरसको बढ्दो जोखिमलाई ध्यानमा राखेर राजनीतिक दल तथा समूहले आफ्ना कार्यक्रमको व्यवस्थापन गर्नुहुनेछ भन्ने विश्वास छ ।'
नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड तथा माधवकुमार नेपाल समूह र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विभिन्न दलले प्रतिनिधिसभा विघटनविरुद्ध देशभरि प्रदर्शन गर्न थालेका छन्।
प्रदर्शनमा विभिन्न दल तथा नागरिक अगुवाहरु समेत पक्राउ परेका छन् । नेपाल प्रहरीले सुरक्षा चुनौती सम्बोधन गर्न आफु तयार रहेको बताएको छ ।
निषेधित क्षेत्र तोड्ने वा जनधनको क्षति हुने अवस्थामा प्रदर्शन र विरोध नियन्त्रण गरिने नेपाल प्रहरीका प्रवत्ता बसन्त बहादुर कुँवरले बताउनुभयो ।
शान्तीपुर्ण र संयमित प्रदर्शनमा कुनै हस्तक्षप नहुने गृह मन्त्रालयको भनाई छ ।
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३

