
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बेलायतबाट हवाई उडानमार्फत अमेरिका प्रवेश गर्ने यात्रुहरुले कोरोनाभाइरस परीक्षण गरेको प्रमाणपत्र पेश गर्नुपर्ने भएको छ ।
बेलायतमा कोभिड–१९ को नयाँ संस्करण देखिएको भन्दै अमेरिका यात्रामा कडाई गरिएको अमेरिकी अधिकारीहरुले बताएका छन् । कोभिड–१९ को नयाँ संस्करण निकै संक्रामक रहेको वैज्ञानिकहरुको भनाई छ ।
नयाँ नियम सोमबारदेखि लागू हुनेछ । बेलायत प्रस्थान गर्नु ७२ घण्टाअघि हरेक यात्रुले कोरोना नेगेटिभ भएको रिपोर्ट पेश गर्नुपर्ने छ ।
नयाँ खतरनाक भाइरस देखिएको भन्दै बेलायतबाट न्यूयोर्कका लागि हुने सबै उडानका यात्रुलाई ब्रिटिस एयरवेज र डेल्टा समेतका कतिपय एयरलाइन्सले कोरोना परीक्षण अनिवार्य गरिसकेका छन् ।
बायोएनटेकले कोरोनाको नयाँ संस्करणलाई पनि आफूहरुले विकास गरेको खोपले काम गर्ने सम्भावना रहेको बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

