जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर एकै दिन १४ हजार ७४४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । एकै दिन मृत्यु भएको संक्रमितको यो संख्या अहिलेसम्मकै धेरै हो ।
वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १४ हजार ७४४ संक्रमितको मृत्यु भएको छ । यौसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ लाख भन्दा बढी भइसकेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणको तेस्रो लहर र नयाँ प्रजातिको संक्रमण फैलिरहेको युरोपेली मुलुकमा धेरै संक्रमितको मृत्यु भएको छ । युरोपेली मुलुकमा मात्रै एकैदिन ५ हजार ७६३ संक्रमितको मृत्यु भएको छ ।
यस्तै उत्तर अमेरिकी मुलुकहरूमा पनि एकैदिन ५ हजार बढी संक्रमितको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ५ हजार ९२ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकी मुलुकमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै ३ लाख ५० हजार ७७८ जनाको मृत्यु भइसकेको छ ।
यस्तै एसियाली मुलुकमा पछिल्लो २४ घण्टामा १ हजार ५९१ संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ७ लाख १८ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २३ लाख ८६ हजार ४३० पुगेको हो ।
यसमध्ये १ लाख ६ हजार ६१६ को अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड ३० लाख ६० हजार नाघेको छ ।
यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ८८ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ लाख २३ हजार ५१० जना संक्रमणमुक्त भएका छन् ।
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३

