जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना परीक्षणको क्रममा हालको ठेगानालाई स्पष्ट खुलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
कोरोना परीक्षणका लागि नमूना संकलन गर्दा व्यक्तिहरुको सहि ठेगाना उल्लेख गर्न आग्रह गरेको हो । विगतमा हाल बस्दै आएको ठेगाना नखुलाउँदा कोरोना संक्रमण भएका व्यक्तिहरुलाई सम्पर्क गर्न कठिनाई हुँदै आएको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना पोजेटिभ आएका व्यक्तिहरुको सम्पर्कमा आएकाहरुको खोजी अनुसन्धान तथा जाँचपड्ताल गर्न र स्थान विशेष पहिचान गर्न कठिनाई हुने गरेको छ । सहि ठेगाना नभएकै कारण संक्रमितसँग सम्पर्क हुन सकेको छैन ।
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

