जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्व स्वास्थ्य संगठनले अमेरिकामा उत्पादन भएको फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरस विरुद्धको भ्याक्सिनलाई अनुमति दिएको छ ।
विश्वस्वास्थ्य संगठनले ती दुइ कम्पनीको भ्याक्सिनलाई अनुमति आपतकालीन प्रयोगको लागि मान्यता दिएको छ । यो संगै फाइजरको खोप विश्व स्वास्थ्य संगठनद्वारा कोभिड भ्याक्सिनको आपतकालीन प्रयोगको मान्यता पाउने पहिलो भ्याक्सिन बनेको छ । विश्व स्वास्थ्य संगठनले भ्याक्सिन प्रयोग महामारीविरुद्ध लड्न महत्वपूर्ण हुने बताएको छ ।
संगठनले भ्याक्सिनको प्रभावकारिता र सुरक्षाका बारेमा नियामक विशेषज्ञहरुले समीक्षा गरेको समेत जनाएको छ । फाइजरको खोप प्रयोग गर्न चाहने देशहरुले आफ्नो देशको नियामक निकायमा दर्ता गरी भ्याक्सिन आयात गर्न सक्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

