जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा २० अर्ब रुपियाँ भन्दा बढी मेडिकल र सर्जिकल सामाग्रीहरुको कारोबार गर्ने व्यवसायीहरुको छाता संगठन केमिकल एण्ड मेडिकल सम्लायर्स एसोसिएसन अफ नेपाल (केमसान) ले स्थापनाको १४ औं बार्षिक साधारण सभा भव्यताका साथ राजधानीमा सम्पन्न गरेको छ ।

हरेक स्वास्थ्य संस्थामा मेडिकल र सर्जिकल सामाग्री उपलब्ध गराएर ति स्वास्थ्य संस्थामार्फत आम सर्वसाधाण बिरामीको रोग पहिचान र उपचारमा महत्वपूर्ण योगदान पुर्याएका व्यवसायीहरुबाट करमार्फत करोडौं रुपियाँ राज्यकोषमा जम्मा हुने गरेको छ ।
काठमाडौंको बबरमहलस्थित बसेरा बुटिक होटलमा आयोजना गरिएको बार्षिक साधारण सभामा स्वास्थ्य सामाग्री आयात गर्दा भन्सार र टेन्डर प्रक्रियामा हुने गरेका अनियमितता विरुद्ध व्यवसायीहरु एकजुट भएका छन् ।
केमसानका अध्यक्ष सुरेश घिमिरेले भन्नुभयो—‘ स्वास्थ्य सामाग्री आयात गर्दा भन्सार कार्यालयमा हुने गरेका समस्या र टेन्डर प्रक्रियामा हुने गरेका अनियमितताविरुद्ध केमसान सशक्त रुपमा आवाज उठाउँदै अघि बढेको छ । ’
सो अवसरमा केमसानका महासचिव विनोद कुमार मानन्धरले महासचिवको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोभिड १९ महामाहारीमा केमसान आवद्ध व्यवसायीहरुको भूमिका महत्वपूर्ण भएको जानकारी गराउनुभयो ।
कार्यसमितिका कोषाध्यक्ष दिपक शर्माले आर्थिक वर्ष २०७६÷७७ को आय व्यय विवरण प्रस्तुत गर्दै एकतावद्ध भएर स्वास्थ्य क्षेत्रको विकास र सशक्तिकरणको राष्ट्रिय उद्देश्य साकार पार्ने अभियानमा समर्पित भएर लागिरहेने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा केमसानका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित सदस्य भक्त हमालले स्वास्थ्य सामाग्री आपूर्ति व्यवसायीहरुले राज्यलाई महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउँदै स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतिका चाङ न्युनिकरणमा महासंघमार्फत राज्यलाई घच्घच्याउने विश्वास दिलाउनुभयो ।
सो अवसरमा केसमनको विधान संसोधन गर्नुका साथै संघको कामकारवाही छिटो एवं सरल रुपमा सम्पन्न बनेका व्यवसायिक समस्या समाधान समिति, विधान संसोधन समिति, राजश्व आर्थिक तथा भन्सार समिति, प्रादेशिक सञ्जाल सञ्जाल विस्तार समिति, अनुसासन समिति, राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना समिति, प्रचारप्रसार समितिको भूमिका महत्वपूर्ण भएको जानकारी गराइएको थियो ।







योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
