
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह (ड्रग्स कन्ट्रोलर जनरल अफ इंडिया–डीसीजीआई)ले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई भ्याक्सिनलाई नियन्त्रित तर आपतकालीन प्रयोगका लागि सिफारिस गरेको छ ।
विशेष सरकारी स्रोतले एएनआईलाई दिएको जानकारीमा भनिएको छ, “विज्ञ समितिले भारतीय बायोटेकको स्वदेशमा विकसित कोभिड–१९ विरुद्धको खोपलाई नियन्त्रित तर आपतकालीन प्रयोगको अनुमति दिन सिफारिस गरेको छ । ”
डीसीजीआइ) को विषय विशेषज्ञ समितिको बैठक (एसईसी) बैठकले स्वदेशी सङ्क्रमित विरामीमा खोपको आपतकालीन प्रयोगका लागि आवेदन गर्ने दुई कम्पनी एसआईआई र भारत बायोटेकले बुझाएको आवेदन समीक्षा गर्न दिल्लीमा बैठकको आयोजना गरिएको थियो ।
कोभ्याक्सिन भारतीय मेडिकल रिसर्च (आईसीएमआर) को सहकार्यमा भारती बायोटेकद्वारा स्वदेशी प्रविधिमा विकसित एक कोरोनाभाइरस खोप हो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

