जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता प्रा.डा.गोवीन्द केसीले काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भइरहेको चलखेलप्रति ध्यानाकर्षण जनाउनुभएको छ ।
लामो समयदेखि विश्वविद्यालय सुधारका लागि पदाधिकारी नियुक्तिमा दलीय भागवण्डाको अन्त हुनुपर्ने मागसहित संघर्षमा रहेको बताउनुभयो । उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो सत्याग्रहपछि नियुक्ति प्रक्रियामा सुधारका लागि कानुनी व्यवस्था गर्ने सम्झौता समेत भएको छ । त्यसैले हामीसित सम्झौता भए बमोजिम नयाँ कानुन नबनुन्जेल वरिष्ठता तथा कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्ति गर्न तथा भ्रष्ट र काठमाडौं विश्वविद्यालयका विवादित पदाधिकारीहरुलाई फेरि नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराउँछौं ।’
जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता प्रा.डा.गोवीन्द केसीले काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भइरहेको चलखेलप्रति ध्यानाकर्षण जनाउनुभएको छ ।
लामो समयदेखि विश्वविद्यालय सुधारका लागि पदाधिकारी नियुक्तिमा दलीय भागवण्डाको अन्त हुनुपर्ने मागसहित संघर्षमा रहेको बताउनुभयो ।
उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो सत्याग्रहपछि नियुक्ति प्रक्रियामा सुधारका लागि कानुनी व्यवस्था गर्ने सम्झौता समेत भएको छ । त्यसैले हामीसित सम्झौता भए बमोजिम नयाँ कानुन नबनुन्जेल वरिष्ठता तथा कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्ति गर्न तथा भ्रष्ट र काठमाडौं विश्वविद्यालयका विवादित पदाधिकारीहरुलाई फेरि नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराउँछौं ।’
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३


