जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य सेवा विभागले एक सय नर्सिङ स्टाफको स्तरवृद्धि गरेको छ । चौथो तहका ७३ जना अनमी तथा स्टाफ नर्सको पाँचौ सहायकमा स्तरवृद्धि भएको विभागका शाखा अधिकृत एकनाथ नेपालले जानकारी दिनुभयो ।
एक वर्षअघि स्तरवृद्धिका लागि आवेदन दिएका थिए । यस्तै, पाँचौ सहायकबाट छैटौं अधिकृतमा २७ जनाको स्तरवृद्धि भएको छ । उनीहरुको कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
नर्सहरुको स्वास्थ्य सेवा ऐन २०५३ संसोधन २०७० को दफा नौको उपदफा एक अनुसार स्तरवृद्धि गरिएको हो ।
प्रकाशित मिति: आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

