जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरेको भारतको सिरम इस्टिच्युट अफ इन्डियाले आम सर्वसाधारण र सरकारलाई विक्री गर्ने खोपको मूल्य सार्वजनिक गरेको छ । अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले तयार पारेको खोप ‘कोभिशिल्ड’ अहिले भारतको पुणेस्थित सिरम इस्टिच्युटमा उत्पादन भइरहेको छ ।
खोप उत्पादन गर्ने संस्थाका सीईओ अदर पुनावालाले आइतबार कोभिशिल्डको मूल्य सार्वजनिक गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘सरकारलाई प्रति खोप ३.४२ डलर (अर्थात २५० भारतीय रुपैयाँ) पर्दछ । तर, निजी क्षेत्रबाट वा व्यक्तिगत रुपमा कसैले खरीद गर्न खोजेमा प्रति खोप १३.६८ डलर (अर्थात १००० भारतीय रुपैयाँ) पर्छ ।’
खोप खरीदका लागि सरकार र कम्पनीबीच सम्झौँता नभएपनि सम्झौँता भएको १० दिन भित्र खोप उपलव्ध गराउन सक्ने क्षमतामा आफूहरु रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । सरकारले अनुमति दिएमा सिरमले विश्वका ५० वटा बढी देशमा खोप पठाउने योजना बनाएको छ ।
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३

