
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले कोरोना विरुद्धको भ्याक्सिन लगाउने फ्रन्टलाइनरको सुची सबै स्थानीय तहबाट माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा फ्रन्टलाइनरले भ्याक्सिन उपलब्ध गराउने योजना बनाए अनुरुप बुधबारसम्म मन्त्रालयमा आइपुग्ने गरी सबै स्थानीय तहमा रहेका स्वास्थ्य संस्था तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सूची माग गरेको हो ।
भ्याक्सिन आएको एक हप्ताभित्रै पहिलो चरणको खोप लगाइसक्नुपर्ने स्वास्थ्य मन्त्रालयको योजना छ ।
अहिलेसम्म भ्याक्सिन कहाँबाट ल्याउने भन्ने निक्र्योल अझै भएको छैन । तर, भारत भारतबाट कोभिड भ्याक्सिन ल्याउने सम्भावना बढि छ ।
हाल भारतले अक्सफोर्ड र अस्ट्राजेन्काले बनाएको भ्याक्सिन उत्पादन गर्ने अनुमति सेरम इन्स्टिच्युट अफ इन्डियालाई दिएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३ट्रेन्डिङ


