जनस्वास्थ्य सरोकार, काठमाडौँ । हेटौँडा उपमहानगरपालिकामा सोमबारदेखि एन्टिजेन विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण सुरु गरिएको छ । पिसिआर विधिबाट परीक्षणका लागि भिटिएम सकिएको र एन्टिजेन विधिलाई प्राथमिकता दिँदै आधिकारिकता पाइसकेको कारणले नयाँ प्रणालीको सुरुआत गरिएको उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनुभयो । एन्टिजेन विधिबाट हरेक दिन बिहान र दिउँसो परीक्षण गर्ने व्यवस्था मिलाइएको चौलागाईंले जानकारी दिनुभयो ।
हालका लागि तीन हजारजनाको परीक्षण गर्न एन्टिजेनका लागि आवश्यक सामग्री उपलब्ध भएको उपमहानगरले जनाएको छ । ‘पिसिआर विधिजस्तै एन्टिजेन परीक्षणका लागि पनि नाकबाट स्वाब निकालिन्छ । स्वाबलाई बफरमा मिसाएर टेस्ट किटमा दुई थोपा राखिन्छ । बफरले भाइरसलाई सक्रिय बनाउने काम गर्छ । किटमा राखेको आधा घन्टापछि रिपोर्ट थाहा पाउन सकिन्छ,’ चौलागाईंले भन्नुभयो ।
स्वाब राखेको किटमा एउटा धर्को देखिए कोरोना नेगेटिभ र दुईवटा धर्को देखिए पोजिटिभ भएको मानिनेछ । टेस्ट किटमा ‘आर’ र ‘टी’ लेखिएको हुन्छ । ‘टी’ मा धर्को देखिए कोरोना पोजिटिभ भएको प्रमाणित हुन्छ भने ‘आर’मा धर्को देखिए नेगेटिभ मानिन्छ । कुनै पनि लाइनमा देखिएन भने पुनः स्वाब लिएर परीक्षण गर्नुपर्ने हुन्छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३


