जनस्वास्थ्य सरोकार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वाथ्य मापदण्ड पालना गरी राष्ट्रिय योग दिवस मनाउने भएको छ । राष्ट्रिय योग दिवस मुल समारोह समितिको बैठकमा शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना संक्रमणबाट बच्न योग शिक्षालाई महत्वपुर्ण रुपमा लिनुपर्ने बताउनुभएको छ ।
मन्त्रालयले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउदै आएको छ । मुल समारोह समितिका अध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले यो वर्षको आदर्श बाक्य तय गरी राष्ट्रब्यापी रुपमा योग मनाउन सबै सरोकारवाला निकायलाई निर्देशन दिनुभयो । बैठकले उपसमिति गठन गरी तत्काल आदर्श बाक्य तयारी गर्ने र मुल कार्यक्रम सार्वजनिक गर्ने भएको छ । मन्त्रालयको अगुवाईमा विगत ६ वर्षदेखि राष्ट्रिय योग दिवस मनाउदै आइरहेको छ । मन्त्री श्रेष्ठले मुल समारोहलाई भब्य, सभ्य र अनुशासित ढंगले मनाउन आग्रह गर्नुभएको छ ।
बैठकमा सचिव गोपीनाथ मैनालीले योग भर्चुअल माध्यमबाट योग दिवस मनाउने तयारी भैरहेको बताउनुभएको छ । उहाँले छोटो र मिठो रुपमा मुल समारोह मनाउनेगरी तयारी गरिने जानकारी दिनुभयो ।
बैठकमा शिक्षक महासंघका अध्यक्ष वावुराम थापा, अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी,योग शिक्षक डा. हरीप्रसाद पोखरेल, पतञ्जली योग पिठका ट्रष्टी ई.शालिकराम सिंह लगायत समितिका सदस्यले सबै स्थानीय तह, विद्यालय लगायत सबै निकायमा मनाउनुपर्ने बताउनुभयो । मन्त्रालयले प्रदेश स्तरमा योग दिवस मनाउन प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट पत्राचार गर्ने, संघी मन्त्रालय मार्फत सबै स्थानीय तहलाई अनुरोध गर्ने, जुम मार्फत योग शिविर सञ्चालन गर्ने लगायतका कार्यक्रम रहेको छ ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले यो वर्षको योग दिवसलाई भब्य रुपमा मनाउने तयारी भैरहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘सबै सरोकारवाला संस्थाको सहभागितामा राष्ट्रिय योग दिवस मनाउने तयारी गरेका छौ । मन्त्रालयले केही दिनभित्र आदर्श बाक्य तय गर्नेछ ।’
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३

