

चना गेडागुडी तरकारी अथवा दालको रुपमा खाने गरिन्छ । नेपालीको भान्समा सामान्यतः पाकिरहने तरकारीहरु मध्ये चना पनि एउटा हो । मिठो तरकारीको रुपमा लिने गरेको चना खाजाघर तथा होटलहरुमा सहजै प्राप्त गर्न सकिन्छ । केवल तरकारीको लागि मात्र चनालाई लिने गरेको पाँइदैन यसको पिठोले मुख धोएमा राम्रो हुने धारणा आम मानिसमा रहेको पाईन्छ ।
काँचो हुदाँ र पकाएर दुवै तरिकाबाट प्रयोग गर्न सकिने चनाका रोगी र निरोगी दुवैलाई फाइदाजनक रहेको छ । के के छन् त चनाका फाइदाहरुः- चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचन प्रक्रियालाई बलियो बनाउन असाध्यै महत्वपूर्ण हुन्छ ।
- रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ ।
- चनामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियमलगायत तत्व प्रशस्त मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई ऊर्जा प्रदान गर्छन् ।
- चनामा ग्लुकोजको मात्रा कम हुन्छ । यो डायबेटिज भएका मानिसका लागि उत्तम भोजन हो ।
- एकदेखि दुई मुठी चना हरेक दिन खाने हो भने रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । डायबेटिज हुन पाउँदैन । भएको छ भने चनाले फाइदा पु¥याउँछ ।
- चना भिजाएको पानीले अनुहार धुने गरेमा अनुहार चम्किलो हुन्छ ।
- रातभरि भिजाएको चनामा थोरै मह मिसाएर दिनहुँ खाने गर्नाले पत्थरीको समस्या देखापर्ने जोखिम कम हुन्छ । पत्थरीको समस्या देखापरिसकेको छ भने यसो गर्नाले स्टोन सजिलै निस्किने सम्भावना रहन्छ ।
- चनाको पिठोको रोटी खानाले पेट सफा रहन्छ ।
- रक्तअल्पता भएको छ भने हरेक दिन महसँग चना खाने गर्नुपर्छ । चनामा आइरन र फोस्फोरस प्रशस्त मात्रामा हुन्छ । यसले रक्तअल्पता कम गर्नुको साथै रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।
- बाडुली लागेर हैरान भएको बेला चनाको सुकेको पातको धुवाँ लिनाले बाडुली रोकिन्छ ।
- चनाको बेसनमा बेसार मिसाई अनुहारमा लगाउने गर्नाले अनुहार चम्किलो हुन्छ ।
- नुहाउनुअघि चनाको बेसनमा दूध अथवा दही मिसाई पेस्ट बनाएर अनुहारमा लगाउने र १०–१५ मिनेटपछि चिसो पानीले पखालेर नुहाउने गर्नाले अनुहारमा रहेका डन्डीफोरलगायत दाग, दाद आदि हराएर जान्छन् ।
- पिसाब आइरहने समस्या छ भने भुटेको चना दिनहुँ खाने गर्नुपर्छ । सक्खरसँग चना खाने गर्नाले पिसाबमा इन्फेक्सन देखापर्ने जोखिम कम हुन्छ ।
प्रकाशित मिति: सोमबार, साउन १६, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
पोषण
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुको फाइदा
बुधबार, जेठ २७, २०८३
क्यान्सर रोक्नदेखि सुगर नियन्त्रणसम्म उपयोगी हरियो प्याज
आइतबार, फागुन ३, २०८२
प्रोसेस्ड फूड, ट्रान्स फ्याट र खाद्य स्वच्छता
मंगलबार, माघ २७, २०८२
कुन तेल प्रयोग गर्ने ? विशेषज्ञको सल्लाह यस्ता छन्
आइतबार, असोज २६, २०८२
स्वास्थ्यको लागि लाभदायक: तितो र टर्रो स्वादका खानेकुराहरूको प्रभाव
सोमबार, असोज ६, २०८२ट्रेन्डिङ

