
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको ह्याम्स हस्पिटलमा उपचार गराएका टेलरिङको काम गर्ने रामकुमार रणपाल नाम गरेका एकजना बिरामीले आफू कालको मुखबाट बाँचको भन्दै निकै खुशी व्यक्त गरेका छन् । उनले खर्च भएपनि खर्चसँग ज्यानको तुलना हुन नसक्ने अनुभव व्यक्त गरेका छन् । आफ्नो ज्यान भन्दा ठूलो केही रहेनछ ।
स्वस्थ्य भएर आफ्नो घर बुटवल फर्कदै गर्दा जनस्वास्थ्य सरोकारसँग उनले गरेको खुशी जस्ताको त्यस्तै उनकै भाषामा प्रस्तुत गरेका छौं । आउनुस् के भने रणपालले ?
नमस्कार छ । मेरा सबै शुभचिन्तक र दर्शक, ग्राहक वर्गहरु, इष्टमित्र आफन्तहरु, मेरो सु—स्वास्थ्यको कामना गर्ने अधिराज्यभर बसेका हाम्रा व्यवसायीहरुलाई म धन्यवाद भन्न चाहन्छु । मेरो स्वास्थ्य लाभको कामना गर्ने तपाईंहरुलाई म भन्न चाहन्छु—‘आज ह्याम्स हस्पिटलले कालको मुखमा पुगेको मलाई १० दिनभित्र जीवनदान दियो ।’
मेरो नाम रामकुमार रणपाल हो । म अहिले ६८ वर्षको भएँ । म बुटवलमा न्यु फेमस टेलरिङको प्रोपाइटर हुँ ।
म नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्ष हुँ । हालसम्म मुलुकका ६८ जिल्लामा सिलाई व्यवसायी साथीहरु छरिएर बसेका छन् । हेर्नुस् मान्छेलाई रोग लाग्छ । रोग लाग्यो भनेर आत्तिन हुने रहेनछ । मान्छेले आफ्नो मनोवल बढाउनुपर्दोरहेछ । मनोबल बढाएपछि कालको मुखबाट निस्कन सकिने रहेछ भन्ने मलाई अहिले लागेको छ ।

शुरुमा मलाई सामान्य ज्वरो आयो । ५ दिनसम्म सिटामोलको सेवन गरेर घरमा आराम गरिरहेको थिएँ । पाँच दिनपछि मैले नुहाइदिएँ । नुहाएपछि मलाई अलिकति आफूलाई कमजोर महसुस भयो । त्यसपछि म हस्पिटल गएँ । मेरो कोभिड परीक्षण निगेटिभ थियो ।
डा. विष्णु भण्डारीले ३ दिनको दवाइ दिनुभयो । त्यो दवाइले मलाई छोएन । सास फूल्ने समस्या बढ्दै गयो । फेरि मैले डाक्टरलाई देखाएँ । डाक्टरले तपाईलाई यहाँ गरेर हुँदैन । मैले तपाईंलाई काठमाडौंको ह्याम्स हस्पिटलमा सिफारिस गरिदिएको छु । तुरुन्त जानुहोला भन्नुभयो । त्यसपछि उहाँको सिफारिस लिएर एक घण्टाभित्रै काठमाडौं प्रस्थान गरेँ ।
ह्याम्स हस्पिटलमा राति ८ बजे आइपुगेँ । यहाँ आइसकेपछि मलाई बाँच्छु होला भन्ने आश पलायो । त्यो बेला मेरो सास नली नै बन्द हुन थालिसकेको थियो । २ घण्टाभित्र तपाईं अस्पताल भर्ना नभएको भए तपाईंलाई हामी जोगाउन नसक्ने कुरा चिकित्सकले बताउनुभएको थियो ।
धन्य म समयमा आएछु । डाक्टरहरु उपचार गर्न सफल हुनुभयो ।

उपचारमा संलग्न डाक्टर राजु पंगेनी र डा. रक्षा पाण्डेलाई मेरो ज्यान जोगाइदिनुभएकोमा धेरै धन्यवाद दिन चाहन्छु । उहाँहरु मेरो गड फादर जस्तै बन्नुभएको छ । मेरो स्वास्थ्यका लागि रातदिन खट्ने अस्पतालका नर्स, प्राविधिक, मेडिकल अफिसर सबैले हरतरहको कोशिस गर्नुभयो । डाक्टर पंगेनी र डाक्टर पाण्डेजस्ता व्यक्तिले मेरो स्वास्थ्यलाभको कामना गर्नुभयो र उपचारमा निकै मिहिनेतका साथ खटिनुभयो । यसप्रति मलाई गौरव लागेको छ ।
१० दिनमा म कालको मुखमा गएको मान्छे पनि बचेँ । कस्तो राम्रो हस्पिटलको व्यवस्थापन ! निकै आश्चर्य लाग्यो । यहाँ पैसा त खर्च हुने रहेछ । तर मर्नुपर्ने रहनेछ । ट्रिटमेन्ट अति राम्रो । अस्पतालका सबै कर्मचारीहरुको काम गर्ने शैलीदेखि म निकै प्रभावित भएँ । म त सर्वप्रथम अस्पताल सञ्चालक समितिलाई धन्यवाद दिन चाहन्छु । सबैलाई एक ठाउँमा राखेर काम गराउन सक्नु कति राम्रो कुरा हो ।
बिरामी भएकाहरु पैसा तिरेर पनि कालको मुखमा गएका छन् । तर ह्याम्स हस्पिटलमा आइसकेपछि मर्नुपर्ने रहेनछ भन्ने कुरा आज मलाई लागेको छ । त्यसैले ६८ जिल्लामा छरिएर रहेका हाम्रा व्यवसायी साथीहरुलाई कोभिड, श्वास प्रश्वाससम्बन्धि कुनै समस्या भएमा ह्याम्समा राम्रो उपचार हुनसक्ने रहेछ भन्ने मेरो अनुभव सुनाउन चाहन्छु ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

