जनस्वास्थ्य सरोकार,काठमाडौं । कोभिड अस्पताल तोकिएकाहरुले अन्य विरामीहरुको पनि उपचार गर्नुपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्य विरामीहरुको समेत उपचार गर्न कोभिड अस्पतालहरुलाई पत्राचार गरेको छ । स्वास्थ्य मन्त्रालयले कोभिड बाहेकका अन्य सेवाहरु समेत प्रवाह गर्न निर्देशन दिएको हो ।
कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बुधबार बसेको आइसिएसको बैठकले देशका सबै कोभिड अस्पताललाई निर्णय कार्यान्वयन गराउन परिपत्रसमेत गरिसकेको छ ।
कोभिड अस्पताल तोकिएकाहरुले अन्य विरामीहरुको उपचार गर्न आनाकानी गर्दै आएका थिए ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार सबै अस्पतालहरुले प्रदान गरीरहेका ननकोभिड सेवाहरु सदा झै नियमित प्रदान गर्नुपर्नेछ ।
स्वास्थ्य मन्त्रालयले कोभिडका लागि तोकिएका अस्पतालहरुले कोभिड र ननकोभिड सेवाहरु समेत नियमीत रुपमा प्रदान गर्न आग्रह गर्दै कोभिड र ननकोभिड अस्पतालहरुलाई परीपत्र गरेको छ ।
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३

