
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा मोहम्मद सफिउल्लाह नियुक्त हुनुभएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै फर्मासिस्ट सफिउल्लाहलाई महाप्रवन्धकमा नियुक्त गरेको हो ।
खुल्ला प्रतिस्पर्धाबाट महाप्रवन्धक छनौट गर्न मन्त्रालयले गत ३ भदौमा सूचना प्रकाशित गरी दरखास्त आव्हान गरेको थियो । उद्योग मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति र मनोनयन सम्बन्धी निर्देशिका, २०७७ अनुसार गठित सिफारिस समितिले सार्वजनिक गरेको सूचना अनुसार दरखास्त दिएकामध्ये अन्तिममा तीन जना छनौट गरी मन्त्रिरिषदमा पठाउने निर्णय भएको थियो । त्यसमा सफिउल्लाह सहित गुल्मीका अर्जुन अर्याल र ललितपुरका राजकुमार थापाको नाम पठाएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

