जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
५ हजार १३२ जनाको पीसीआर परीक्षण गर्दा ४१२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । हाल ५ हजार ५८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ४८३ जना उपचारपछि निको भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

