
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोरोना भाइरसविरुद्ध खोप भित्रिएको दुइ दिनभित्र लगाउने गरी तयारीलाई तिव्र बनाउन निर्देशन दिनुभएको छ ।
स्वास्थ्य सेवा विभागको शुक्रवार अनुगमनका क्रममा स्वास्थ्य मन्त्री त्रिपाठीले खोप भित्रिएपछि यथासिघ्र लगाउन मिल्ने गरी तयारी थाल्न निर्देशन दिनुभएको हो ।
स्वास्थ्य मन्त्री मन्त्री त्रिपाठीले भन्नुभयो, ‘कोरोनाविरुद्धको खोप ल्याएको दुई दिनभित्र स्वास्थ्यकर्मीलाई लगाउने र एक हप्ताभित्र ७० वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने गरी तयारी गर्नुस् । ’
सो अवसरमा स्वास्थ्य सेवा विभागका पदाधिकारीहरुले अबको १५ दिनभित्र खोप भण्डारणको तयारी पुरा हुने बताएका थिए । कोभिड–१९ खोप भण्डारणका लागि गाबीले नेपालका लागि १९ वटा कोल्ड चेन सहयोग गर्दै छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

