
विगत ३६ वर्षदेखि विभिन्न व्यवसाय र विगत ११ वर्षदेखि लक्ष्मी स्टिल, सर्बोत्तम सिमेन्टलगायतका उद्योग सञ्चालन गर्दै आउनुभएका एभरेष्ट प्यारेन्टेरेल्स फर्मास्युटिकल्स प्रा.लिका अध्यक्ष महेश रानासरियासँग गरिएको कुराकानीको सारसंक्षेप ः
एभरेष्ट प्यारेन्टेरल्स औषधि कम्पनिको स्थापनाबारे जानकारी दिनुहोस न ?
मेरो छोरा उमङ्ग रानासरिया अध्ययनका लागि अष्ट्रेलिया गएको थियो । अष्ट्रेलियाबाट बिजनेश एडमिनिस्टे«सनमा अध्ययन सकेर दुवई तिर व्यवसाय सुरु गर्न थाल्यो । छोरो नेपालमै आएर ‘केहि गरिदिए हुन्थ्यो’ जस्तो मलाई लाग्थ्यो । नेपालमा अरु पनि केहि राम्रो काम गर्न मन लागेको थियो । सन् २०१५ मा छोरा नेपाल फर्कियो । सन् २०१६ देखि अत्याधुनिक उपकरणहरु जडित एभरेस्ट प्यारेन्टेरेल्स प्रा.लि. फर्मास्युटिकल्स कम्पनिको गृहकार्य शुरु गरी संरचना निर्माणलगायतका कामहरु शुरु गरियो । हाल २०२० मा पूर्ण रुपमा सञ्चालनमा ल्याउन सफल भयौं । यसमा आर.एन.डी.(रिसर्च एण्ड डेभलप्मेन्ट), युटिलिटी, फेसिलिटीको दायरा ठूलो छ ।
यो कहाँ छ र यसमा कति लगानी भएको छ ?
यो कम्पनि बारा जिल्लाको छतपिपरामा अवस्थित छ । यसमा करिब २०० करोड रुपियाँ लगानी भएको छ ।
हाल कति उत्पादन भइरहेको छ ?
यो ठूलो मात्रामा आईभी फ्लूड Large volume parenterals (LUV) र इन्जेक्टेबल an Short volume Parenterals (SUV) दुवै एकै ठाउँमा उत्पादन गर्ने क्षमता भएको नेपालको पहिलो कम्पनि हो र चाँडै पूर्णक्षमतामा सञ्चालनमा आउँदैछ । त्यसपछि सलाइन पानी जस्ता लार्ज भोलुम पेरेन्टेरल्समा नेपाल आत्मनिर्भर हुनेछ । यो १ सय, ५ सय र १ हजार एमएलको बोतलमा उपलब्ध हुनेछ ।
यहाँहरुले गुणस्तर र मूल्यमा कत्तिको ध्यान दिनु भएको छ ?
हामी सलाइन पानीको आयातलाई विस्थापित गर्नेतर्फ उन्मुख छौं । औषधि व्यवस्था विभागबाट मूल्य नियन्त्रण भइरहेको अवस्थामा छ कमसल सलाइन नभित्रियोस् भन्ने हाम्रो प्रमुख उद्देश्य हो । हामी नियन्त्रित मूल्यमा गुणस्तरीय सलाइन उपलब्ध गराउन सक्षम छौं ।
सलाइन पानी नशाबाट सिधै रगतमा जाने भएकाले यसको गुणस्तर राम्रो हुनुपर्दछ । म आफैँले भोगेको हुँदा सलाई पानीलाई सुपथ मूल्यमा थप गुणस्तरीयता दिन धेरै अध्ययन गरेर लगानी गरेको छौं ।
हाम्रो समूहले दुई तीन वर्ष धेरै नै संघर्ष गर्नुपर्ने देखिन्छ । यस अभियानमा सम्बन्धित सरकारी निकायबाट सहयोग भइरहेको छ । सरकारी निकायबाट गुणस्तरमापन र मुल्य जाँच भएर परिणाम राम्रो आएपछि कमसल खालका सलाइन पानी आयात विस्थापित हुने विश्वास छ ।
फर्मास्युटिकल्स कम्पनि खोल्ने प्रेरणा कहाँबाट पाउनुभयो ?
१० वर्ष अघि कम्पनिको अध्यक्षको रुपमा रहनु भएकी आमा निकै बिरामी हुनुभएको थियो । उहाँलाई अस्पताल भर्ना गर्नुपर्यो । त्यसबेला आमालाई चढाइएको स्लाइनवाटर त्यति गुणस्तरीय पाइएन । दुईतीन वटा पसलमा गएर हेरेको र प्रायः सबै एकै खालका पाएपछि नेपालमा ‘केहि गरौँ’ भन्ने लागेर काम अघि बढाइएको हो । यो अभियानमा छोरा उमङ्गको महत्वपूर्ण साथ र सहयोग भइरहेको छ ।
पहिलो प्राथमिकता भि.टि.एम.उत्पादनलाई नै किन दिनुभयो ?
हुन त भि.टि.एम. उत्पादन गर्ने कम्पनिको तालिकामा थिएन । तर एक्कासी कोभिड—१९ महामारी सुरु भयो । भि.टि.एम. अभावले पिसिआर परीक्षण रोकिएका समाचारहरु आउन थाले । यसमा केही गर्न सकिन्छ कि जस्तो लाग्यो । नयाँ काम गर्न गाह्रो हुन्छ । समय पनि लाग्न सक्छ । तर ‘कोसिस गरिहेरौँ’ भनेर अघि बढ्यौं । हामीले चीनको तुलनामा गुणस्तरीय र सस्तो मुल्यमा भि.टि.एम.उपलब्ध गराउन सफल भएका छौँ ।
भिटिएमको विश्वसनीयता प्रति कतिको विश्वस्त हुनुहुन्छ ?
एभरेष्ट प्यारेन्टेरेल्स प्रा.लि. कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने भिटिएम उत्पादन गर्न सफल स्वदेशी औषधि कम्पनि हो । नेपालमा सिडिसी गाइडलाइनमा भि.टि.एम.को उत्पादन भएकाले विभिन्न ठाउँमा गरिएका परीक्षणमा विश्वसनीय रिपोर्ट आइरहेको छ । नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा समेत राम्रो ठहर भएको छ । संसारभर नै मान्यता प्राप्त सेन्टर फर डिजिज कन्ट्रोल प्रिभेन्सन (सिडिसी) गाइडलाइनमा तयार गरिएको सिएलएसआई स्ट्यान्डर्ड एम ४० गाइडलाइनबाट परीक्षण भएको हुँदा सबै खाले परीक्षणमा उत्कृष्ट देखिएको छ ।
नेपालमा परीक्षण तथा उत्पादन भएको भिटिएमले विश्व प्रशिद्ध युके सर्टिफिकेसनबाट सिई तथा जिएमपी कम्प्लिएन्स जस्ता सर्टिफिकेट पनि हाँसिल गरेको छ । यसबाट भिटिएमको गुणस्तर उच्च रहेको प्रमाणित हुन्छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

