
काठमाडौँ त्रिपुरेश्वरस्थित साइजिभधारा मेडि कन्सर्न प्रा.लि.ले सर्जिकल सम्बन्धि सामानहरु सप्लाई (आपुर्ति) गर्दैै आएको छ । यस्तै, मेडिकन्सर्नले कन्सर्नट्रेटर, भेन्टिलेटर, सिटी स्क्यान, एक्स—रे, पेसेन्ट मनिटर लगायतका स्वास्थ्य उपकारण सप्लाइ गर्दै आएको छ । यसै विषयमा साइजिभधारा मेडि कन्सर्न प्रालिका सञ्चालक सुनिल ढुङ्गानासँग जनस्वास्थ्य सरोकारले गरेको कुराकानीको सारसंक्षेप
यहाँको कम्पनीको बारे वताइदिनुहोस् न ?
हाम्रो कम्पनि स्थापना भएको सात वर्ष पूरा भयो । शुरुका दिनहरुमा औषधि, सर्जिकल र ओटी डिस्पोजेबललगायतका स्वास्थ्य सामाग्री वितरकको रुपमा सेवा दिदैँ आइरहेका थियौँ । अहिले त्रिपुरेश्वरमा छुट्टै प्रदर्शनी कक्ष स्थापना गरेर सर्जिकल, ल्याब, रिएजेन्टस्, क्रिटिकल केयर,अन्य मेसिनरी तथा रेडियोलोजी, एक्सरे, युएजजी, सिटी, एमआरआई सम्बन्धि सामान सप्लाई गरिरहेका छौँ ।
हाम्रो गुणस्तरीय सामान आपूर्तिका साथै बिक्रीपछिको सेवा पनि राम्रो छ । पछिल्लो समयमा मेसिनरी समानहरुको आपूर्तिलाई विशेष प्राथमिकतामा राखेर काम थालनी गरेका छौँ । उपकरणमा केहि समस्या आए हाम्रा सम्बन्धित इन्जिनियरहरुले तत्काल आफ्टर सेल्स सर्भिस उपलब्ध गराउँछन् ।
हामीले बिक्रीवितरण गर्ने अधिकांश स्वास्थ्य सामाग्रीहरु वारेन्टी र ग्यारेन्टीमा उपलब्ध हुन्छन् । हामी वारेन्टी अवधिभर पनि निसङ्कोच सेवा प्रवाह गर्दछौं । अवधि कटिसकेपश्चात् उपकरणको कुनै पार्टस् बिग्रिएमा पनि परिवर्तन गराइदिन्छौँ ।
सम्बन्धित स्वास्थ्य संस्थाहरुको मागको आधारमा मुलुकभर स्वास्थ्य सामाग्रीहरु आपूर्ति गर्दै आएका छौं । साथै डेन्डरमा पनि सहभागी हुँदै आएका छौं । हाम्रा सामानहरु प्रायः अस्पताल, मेडिकल कलेज लगायत हेल्थ इन्स्टिच्युटमा मेडिकल र सर्जिकल समानहरु सप्लाई भइरहेका छन् ।
कतिपय स्वास्थ्य सामाग्रीहरु मौज्दातमा पनि राखिएको हुन्छ । यस्ता सामाग्रीहरु तत्काल उपलब्ध गराउँछौं । हामीले कहिलैपनि गुणस्तरीय सामान सप्लाई गर्नमा सम्झौता गरेका छैनौँ । स्वास्थ्य उपकरणहरु प्रत्यक्ष रुपमा मानिसको जीवनमरणसँग जोडिएको हुनाले यसप्रति सचेत छौँ । हामीहरुले आपूर्ति गर्ने अधिकांश स्वास्थ्य सामाग्रीहरु न्युनतम आइएसओ, सिई सर्टिफाइड मान्यता रहेको हुन्छ ।
स्वास्थ्य सामाग्री आपूर्तिमा समयसिमाप्रति कतिको सचेत छौं ?
मौज्दातमा रहेका स्वास्थ्य सामाग्रीहरुको हकमा काठमाडौँ उपत्यकाभित्र अर्डर गरेकै केही घण्टाभित्र उपलब्ध गराउँछौं । हामीसँग सामान मौज्दातमा नभएको खण्डमा ७ देखि १० दिन भित्रमा आइपुग्छ । उपत्यका बाहिर एकदेखि दुईदिन भित्रमा सामान डेलिभरी हुन्छ । प्राय हामीले काठमाडौँ उपत्यकालगायत पोखरा, विराटनगर लगायतका शहरमा रहेका स्वास्थ्य संस्थाहरुमा सामान आपूर्ति गर्दै आइरहेका छौँ ।
हामीले रेडियोलोजी सेवा सेवा अन्तर्गत सिटी स्क्यान, एम.आर.आई. मेसिनको सोरुम बनाउने सोचेका थियौँ । तर, सरकारले यस्ता रेडियोलोजी सम्बन्धि मेसिनहरु मौज्दातमा राख्न अनुमति नदिने भएकाले अर्डर गरेपछिमात्र ल्याउने गरेका छौं ।
सानै उमेरमा व्यवसायमा लाग्नुको राज के हो ?
मैले कम्प्युटर इन्जिनियरिङ अध्ययन गरेको हो । तर साथीभाइले गरेको देखेर यो क्षेत्रप्रति आकर्षित भएको छु । साथीभाइ नै मेरो प्रेरणाको स्रोत हुनुहुन्छ । उमेरले म अहिले २३ वर्षको भएँ । परिवारसँग रहेर काम सिक्दैछु । अब यही क्षेत्रमा करियर बनाउने सोच छ । अहिले बजारमा धेरै प्रतिस्पर्धा छ ।' कम मूल्यमा सामान आयात गरेर अत्यधिक नाफा गर्ने प्रवृत्ति बढ्दो छ । तर हामीले सेवा र गुणस्तरलाई प्राथमिकता दिँदै व्यवसायलाई अघि बढाएका छौं ।
स्वास्थ्य सामाग्री खरीदमा सेवाग्रीहरु पनि सजग र सचेत हुन जरुरी छ । यदि तपाईं सामान खरिद गर्दै हुनुहुन्छ भने सामानबारे राम्रोसँग जानकारी लिनुहोला । आइएसओ, सिई मान्यता भए नभएको ख्याल गर्नुहोला ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

