
जनस्वास्थ्य सरोकार, काठमाडौं । ल्याब लाइन ट्रेडर्सले विश्वविख्यात अमेरिकन ब्रान्ड एबोट कम्पनिको एम्युनो केमेष्ट्री इन्ट्रिगेटेड भर्सन नेपाली बजारमा बिक्रीवितरण शुरु गरेको छ ।
एक व्यक्तिको जेनेरल केमेष्ट्री तथा इम्युनोलोजी परीक्षण गर्न रगतको नमुना एउटै ट्युब र एउटै मेसिनबाट परीक्षण गर्न सकिने यो मेसिन नेपाली प्रयोगशालाहरुमा भइरहेका परम्परागत मेसिनहरुको तुलनामा एड्भान्स्ड टेक्नोलोजीमा आधारित छ ।

खर्च मितव्ययी, ट्युवमा लाग्ने खर्चको वचत, न्युनतम जनशक्तिबाट पनि छिटो र भरपर्दो सेवा उपलब्ध गराउन सकिने यो मेसिन six sigma verified technology हो ।
रिपोर्टको गुणस्तरमा कुनै सम्झौता हुँदैन । प्रति १० लाख परीक्षणमा ३ वटासम्ममा त्रुटी हुने सम्भावना रहन्छ ।
विश्व बजारमा यस प्रकारका प्रविधि High throughput मा उपलब्ध हुँदै आएकोमा एबोट डायग्नोष्टिकको Low to Medium throughput यस मेसिन जुनसुकै प्रकारको प्रयोगशालाहरुका लागि पनि उपयुक्त रहेको कम्पनिले जानकारी दिएको छ ।
यो मेसिनबाट थायराइड हर्मोन, ट्यूमर, मधुमेह, रुटिन केमेष्ट्री इन्जाइम, एलएफटी, आरएफटी लगायत सम्पूर्ण बायोकेमेष्ट्री र इम्युनोलोजी परीक्षण गर्न सकिन्छ ।
ल्याब लाइन ट्रेडर्सले यो प्रविधि जडानदेखि सेवा प्रवाह गर्ने सम्मका तालिम प्राप्त दक्ष जनशक्तिको व्यवस्था गरेर काम शुरु गरेको छ । विश्व बजारमा निकै रुचाएको यो प्रविधिले नेपाली प्रयोगशालाकर्मीहरुलाई उत्साहित तुल्याएको छ ।
हाल Architect CI 4100 को मोडेल बनेपा थित शिर मेमोरियल एड्भेन्टिष्ट हस्पिटल र काठमाडौंको बसुन्धरास्थित नेशल कार्डियाक सेन्टरमा पूर्ण रुपमा परीक्षण सेवा सुरु भइसकेको छ ।





जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

