
जनस्वास्थ्य सरोकार । बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमानौं । यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस हैन । भाइरसको स्वरूप परिवर्तन अर्थात म्युटेसन भइरहन्छ, त्यहि क्रममा बेलायतमा स्वरूप परिवर्तन भएको कोरोना भाइरसको नयाँ प्रजाति देखिएको हो ।
पुरानो कोरोना भाइरसभन्दा यो ७० प्रतिशत बढी सर्न सक्दछ । उदाहरणको लागि पुरानो भाइरस कुनै समुदायमा एक हजार जनामा फैलिन्थ्यो भने यो ७० प्रतिशत बढी अर्थात १७ सय जनालाई संक्रमण गराउन सक्छ ।
यो भाइरसको मृत्युदर हामीकहाँ भएको कोरोना भाइरसको मृत्युदर भन्दा कम रहेको जनाइएको छ । आम सर्वसाधारणमा नयाँ खतरा भाइरस आयो भन्ने जुन हल्ला चलाइएको छ, त्यो सत्य हैन । यो सर्ने तरिका, यसका लक्षण, उपचार, रोकथाम तथा खोप एउटै हो ।
अन्य व्यक्तिसंग भेट्दा मास्क सहि तरिकाले अनिबार्य रुपमा लगाउने, भीडमा नजाने, भौतिक दुरी कायम गर्ने, बन्द कोठामा भेटघाट र बैठक नगर्ने तथा हातलाई नियमित रुपमा धुने वा स्यानिटाइज गर्ने हो भने यो भाइरस फैलिए पनि सर्दैन ।
आफ्नो घरमा उपलब्ध पोषिला खाना खाने, घाममा बस्ने, दिउँसो ब्यायाम गर्ने ( जाडोमा मर्निंग वाक नगर्नु राम्रो), तनाब नलिने, राति ८/९ घण्टा सुत्ने, मौसमी फलफुल खाने, औषधिसेवनले आफ्नो औषधि नछोड्ने तथा जनस्वास्थ्यका मापदण्ड अपनाएर आफ्नो नियमित काम गर्ने हो भने हाम्रो स्वास्थ्य र काम दुवै संगै जानेछ ।
जेष्ठ नागरिक तथा दीर्घ बिरामीले आफ्नो स्वास्थ्य हेरेर सकभर खोप लगाउनुपूर्व घरमा नै बस्नु राम्रो हुन्छ ।
(यो लेख डा.पाण्डेको फेसबुकबाट साभार गरिएको हो ।)
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


