जनस्वास्थ्य सरोकार, बिराटनगर । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले एक घन्टाभित्र कुनै पनि रोगको ३० वटासम्म कजेटिभ एजेन्ट (रोग संक्रमण गराउन सक्ने सम्भावित कारण) पत्ता लगाउन सकिने मल्टिप्लेक्स पिसिआर मेशिन सञ्चालनमा ल्याएको छ ।

नेपालमा पहिलोपटक जडान गरिएको यो मेसिन अमेरिकी कम्पनी बायोफारको उत्पादन हो र अमेरिकी फुड एन्ड ड्रग्स एडमेनिस्ट्रेशन (एफडीए) बाट मान्यता प्राप्त गरेको छ । यो मेसिनको नेपालको आधिकारिक बिक्रेता मेडिटेक एण्ड सर्जिटेक हो ।
यो मेसिनको माध्यमबाट इन्डोस्कोपी, फोक्सो श्वासनलीबाट खकार निकालेर क्षयरोग,क्यान्सरलगायतका कडा किटाणुले भएको समस्या एकैपटक थाहा पाउन सकिन्छ । सघन उपचार कक्ष (आइसियू) मा उपचाररत व्यक्तिको चाँडो रोग पहिचान गरी तत्काल उपचारका प्रक्रिया अपनाई ज्यान जोगाउन यो मेसिन महत्वपूर्ण मानिएको छ ।
अस्पतालका कन्सन्लट्यान्ट फिजिसियन डा. पुरू कोइरालाका अनुसार, संक्रामक रोगका कारण आइसियुमा भर्ना हुने बिरामीहरुमा कुन किटाणुले इन्फेक्शन भइरहेको छ भन्ने छुट्याउन गाह«ो भइरहेको वर्तमान अवस्थामा यो प्रविधि निकै प्रभावकारी छ ।
नेपाल मेडिटेक एण्ड सर्जिटेकका कार्यकारी निर्देशक राजेश भगतले यस प्रकारका नविनतम प्रविधिहरु मुलुकमा भित्र्याएर सेवा प्रदायक संस्थाहरुलाई बिरामीको जटिल रोग पहिचान र उपचारमा सहज बनाउन लागिपरिरहेको जानकारी दिनुभयो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

