नेभिगेशन

१० लाख डोज ‘कोभिशिल्ड’ खोप आज अपरान्ह काठमाडौं आइपुग्ने

जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आज (माघ ९ गते) काठमाडौं आइपुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट अपरान्ह १ः३० को एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौँ आउन थालेको जानकारी गराउनुभएको छ ।

फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउन थालेको हो । बाँकी खोप पनि चाँडै उपलब्धहुने अधिकारीले जानकारी गराउनुभएको छ ।

खोप टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ र क्रमशः प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने सो खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइनेछ । खोप फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ ।


सरकारको निर्णय अनुसार स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले फागुन ६ गते र कोभिड–१९ विरुद्धको २० लाख खोप खरिद गर्न प्रति डोज ४ डलरका दरले सेरम इष्टिच्युट अफ इन्डियालाई ९३ करोड रुपियाँ भुक्तानी दिएको थियो । १०—१० लाख गरी दुई चरणमा सेरम इन्ष्टिच्युटले खोप पठाउने सहमति भएको थियो ।
फागुन ४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रतिडोज ४ डलरका दरले कोभिसिल्ड खोप खरीद गर्न अग्रिम भुक्तानी दिने निर्णय गरेसँगै खोप खरीदको बाटो खुलेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट