
जनस्वास्थ्य सरोकार, काठमाडौं । सुर्खेतमा बर्डफ्लु देखिएको छ । वीरेन्द्रनगर नगरपालिका–१२, स्थित नौलोटोलमा कृषकले पालेको स्थानीय कुखुरा र परेवामा बर्डफ्लु देखिएको हो ।
पशुसेवा विभागको केन्द्रिय प्रयोगशालाले सुर्खेतमा बर्डफ्लु पुष्टि गरेको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी कृष्णप्रसाद चपाईले बताउनुभयो ।
बर्डफ्लु आशंका लागेपछि केही दिनअघि परीक्षणका लागि काठमाडौं पठाइएको थियो । बर्डफ्लु पुष्टि भएपछि झण्डै चारसय कुखुरा र परेवा नष्ट गरिएको छ । चपाईका अनुसार बर्डफ्लु पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


