जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकभर थप ९४ जनामा कोरोना संक्रमित थपिएका छन । योसंगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार १ सय ३९ पुगेको स्वास्थ्य तथा मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयकाअनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ५५ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा एक जना संक्रमितले ज्यान गुमाउनु परेको मन्त्रालयले जानकारी दिएको छ । नेपाल आजसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २,०६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


