जनस्वास्थ्य सरोकार । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान मार्चदेखि सुरु हुने भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले मार्च १ देखि दोस्रो चरणको खोप अभियान सुरु गर्ने र ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई खोप लगाइने जनाएको हो ।
सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोपको व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेहरूले भने आफैँले रकम तिर्नुपर्ने मन्त्रालयले जनाएको छ । खोप लगाउनका लागि देशभरी सरकारी क्षेत्रबाट दश हजारभन्दा बढी केन्द्रहरु तोकिएको र निजी क्षेत्रबाट २० हजारभन्दा बढी खोप केन्द्रहरु खोलिएका छन् ।
निजी क्षेत्रले लिने शुल्क पनि सरकारले तीन, चार दिनपछि तोकिने छ । भारतमा पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइ सकेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


