
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंमा फेरी बर्ड फ्लू देखिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा बर्ड फ्लू भेटिएको छ । यसअघिपनि सोहि स्थानमा बर्डफ्लु देखिएको थियो । बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका कुखुरा, चल्ला र अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ ।
स्थानिय कमल गौतमले पालेका अण्डा नपार्ने लेयर्स कुखुरा दुइ हजार नौ सय ५५ वटा, अण्डा पार्ने लेयर्स दुइ हजार सात सय दुइ वटा, अण्डा तीन हजार पाँच सय ७० वटा र दाना एक हजार ४ सय ५० किलो नष्ट गरिएको छ ।
यतै, सरिता शाहले पालेका बोइलर कुखुरा दुइ हजार नौ सय ६० वटा, दाना सात सय ५० किलो, सम्झना ठकुरी तिवारीले पालेका बोइलर कुखुरा दुइ हजार ७६ वटा, लोकल कुखुरा एक सय सात वटा नष्ट गरिएको छ ।
साङ्लास्थित छाप भन्ने ठाउँका पाँच वटा व्यवसायीक फर्ममा बर्डफ्लु देखिएको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


