जनस्वास्थ्य सरोकार, काठमाडौं । पूर्व उद्योग मन्त्री एवं नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ । दायाँ हात खुट्टा चलाउन थाले पनि आँखा भने खोलेका छैनन् ।

५७ वर्षीय जोशीको नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको छ । उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन प्रा.डा. राजीव झाका अनुसार, जोशीको शुक्रबार भन्दा शनिबार स्वास्थ्यमा सामान्य सुधार आएको छ । यद्यपि, उहाँ खतरामुक्त भने हुनुहुन्न । शनिबार बिहानदेखि बेहोस बनाउने औषधि रोकिएको डा. झाले जानकारी दिनुभयो ।
जोशीले दायाँ भागको हातखुट्टा चलाउन थाल्नुभएको छ । बायाँ तिरको हातखुट्टा भने अझै चलेको छैन । बायाँ तिरको भागमा प्यारालाईसिस भएको हुन सक्ने आशंका चिकित्सकले गरेका छन् । जोशीले एक मिनेटमा ६/७ पटक मात्र स्वस्फुर्त स्वासप्रश्वास लिइरहेको डा. झाले बताउनुभयो । जबकी सामान्यतया एक मिनेटमा १२/१५ पटक श्वास लिनुलाई स्वभाविक मानिन्छ । दायाँ हातखुट्टा चलाएको र श्वास लिइरहेको अवस्थाले आशा पलाएको डा. झाले बताउनुभयो । उहाँले भन्नुभयो—‘स्वास्थ्यमा सुधार भएको देख्न पाइयोस् भन्ने लागिरहेको छ । स्वास्थ्यमा अलिकति भए पनि सुधार आएको छ । आसा गर्दै जाने हो ।’
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


