
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुको समायोजन उल्झन कायम रहेको छ । सरकारको स्वास्थ्यकर्मी समायोजन कार्यविधि बनाएपनि कार्यविधि वैज्ञानिक नभएको भन्र्दै विरोध सुरु भएको छ ।
नेपाल स्वास्थ्यकर्मी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याएको कर्मचारी समायोजन, संशोधन र मिलान कार्यविधि २०७७ प्रति असन्तुष्टि जनाएको छ । कोरोना संक्रमणविरुद्ध दत्तचित्त भएर खटिएका स्वास्थ्यकर्मीको मनोभाव विचलित हुने गरी कार्यविधि ल्याइएको स्वास्थ्यकर्मीहरु बताउँछन् । हालसम्म समायोजनका लागि चार हजार निवेदन दर्ता भएका छन् । तर, पुनः निवेदन माग गरिएको छ ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘हाल जारी गरिएको कार्यविधिमा अनुसूची १ र २ मा व्यवस्था गरिएको गाउँपालिका र नगरपालिकामा प्रमुख प्रशासशीय अधिकृतले संयुक्त दस्तखत गर्ने कार्य विश्वव्यापी प्रशासनिक व्यवस्थासँग नमिल्दो र व्यवहारिक रूपमा झन्जटिलो रहेकाले उक्त अनुसूची संशोधन गरी प्रमुख प्रशासकिय अधिकृतको मात्रै दस्तखत हुने व्यस्था गरिनुपर्छ ।’
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


