जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना विरुद्धको खोप खरिदमा ईच्छुक देखिएको निजी क्षेत्रलाई सरकारले तीन शर्त राखेको छ ।

औषधि व्यवस्था विभागमा खरिद गरिने खोपको परिमाण, मूल्य र खरिद गरेर ल्याउने समयसीमा सहितको विवरण पेश गर्नुपर्ने प्रावधान राखिएको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका तीन शर्त पुरा गरेर मात्र खोप खरिद गर्न सकिने भएको छ ।
आइतबार काठमाडौंमा प्रधान सम्पादकहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले तीन शर्त पुरा गरेपछि मात्र निजी क्षेत्रलाई खोप आयात गर्न दिइने बताउनुभयो । उहाँले भन्नुभयो—सरकारले तोकेको मुल्यमा खोप बेच्नुपर्छ । मन्त्रालयले तोकेको स्वास्थ्य संस्थाले मात्र खोप वितरण गर्नुपर्छ । मन्त्रालयले तोकेको प्राथमिकताको आधारमा मात्र खोप लगाउनुपर्ने हुन्छ ।’
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


