नेभिगेशन

मन्त्री र सांसदलाई पनि कोरोना खोप

जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले फागुन २३ गतेदेखि मन्त्री र सांसदहरुले पनि कोरोना विरुद्धको खोप लगाउन पाउने बताउनुभएको छ ।

आइतबार प्रधान सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले आफू पनि खोप लगाउन योग्य भएको बताउनुभयो । ‘कोरोना विरुद्धको खोप लगाउन २३ गतेदेखि योग्य हुन्छु । मन्त्री र सांसदहरुले पनि यस पटक खोप लगाउने कार्यक्रम छ ।’ मन्त्री त्रिपाठीले भन्नुभयो ।


अहिले चलिरहेको खोप अभियानमा पालो मिच्ने किसिमका हस्तक्षेप एवं आग्रहहरु आउने गरेको मन्त्री त्रिपाठीले बनाउनुभयो । उहाँले भन्नुभयो—‘पालो मिचौं न भन्ने आग्रह आउँथ्यो । यसलाईस्वीकार गरिएन । अलिकति पनि यताउति गरेको भए अराजकता बढेर जान्थ्यो । कठोरतापूर्वक पालना गरिएको हो । र आगामी दिनमा पनि पालना गर्ने छौं । खोप लगाउने क्रममा अराजकतालाई प्रवेश गर्न दिएनौं । ’ प्राथमिकताको आधारमा जसले खोप पहिला लगाउनुपर्ने हुन्छ । त्यसलाई नै महत्व दिइएको मन्त्री त्रिपाठीले स्पष्ट पार्नुभयो ।
कोरोना भाइरस विरुद्धको खोप अहिले कमर्सियल कोमोडिटी भन्दा पनि पोलिटिकल कोमोडिटी भएको चर्चा गर्दै मन्त्री त्रिपाठीले थप खोप खरिद गर्ने प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो । ‘खोप उत्पादक मुलुक, संस्था एवं निकायले सहयोग नगर्ने हो भने प्राप्त गर्न कठिन छ । सामान्य प्रयासले नेपालमा खोप आएको होइन । ’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट