
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ ।
चिकित्सक टोलीले बायोप्सी, डीओटीए एनओसी परीक्षण, इन्डोस्कोपिक अल्ट्रासाउन्ड, पीईटी सीटी स्क्यानसहित अन्य परीक्षणपछि ट्युमरमा क्यान्सर नभएको पुष्टि गरेको हो ।
देखिएको ट्युमरलाई भने ढिला नगरी दुई-तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकको सुझाव छ ।
भट्टराई लामो समयदेखि पेटको समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँले ललितपुरस्थित निदान अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो । उपचारका क्रममा भट्टराईको पेटमा आमाशय र सानो आन्द्राको बीच भागमा ट्युमर पलाएको थियो ।
नेपालमा त्यो ट्युमर घातक भएको वा नभएको नखुलेपछि निदानका चिकित्सक डा. निरज जोशीले नै भट्टराईलाई उपचारका लागि चाँडोभन्दा चाँडो दिल्ली जान सुझाव दिनुभएको थियो ।
फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भट्टराईको स्वास्थ्य परीक्षण भइरहेको थियो । उहाँले प्रा.डा. विक्रम भाटियासँग परामर्श लिनुभएको थियो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३


